काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ ।
टस हारेर ब्याटिङ गरेको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो । नेपालका लागि करण केसीले दुई, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशीले एक एक विकेट हात पारे ।
आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।




















प्रतिक्रिया