Logo

खेलकुद

नेपाल र यूएईबीचको फाइनल खेलमा दर्शकलाई प्रवेश निःशुल्क



एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको सोमबारको बाँकी फाइनल खेलमा आज दर्शकलाई निःशुल्क प्रवेश दिइने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दर्शकलाई निःशुल्क प्रवेश दिइने जनाएको छ ।

हिजो सोमबारको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि बाँकी खेल आज हुन लागेको हो । बाँकी खेल सोमबार रोकिएकै ओभरबाट सुरु हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेबाट सुरु हुँदैछ । सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेनको थिएन ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ९ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।