Logo

खेलकुद

एसीसी प्रिमियर कप फाइनल : यूएईविरुद्ध गुल्सन झाले पूरा गरे अर्धशतक



काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा जारी यूएईविरुद्धको खेलमा झाले ७५ बलमा ५१ रन बनाएका हुन् ।

सोमबार वर्षाका कारण खेल प्रभावित भएपछि आज ‘रिजर्भ डे’मा खेल भइरहेको हो । सोमबार टस जितेर फिल्डिङ रोजेको नेपालले यूएईबाट ११८ रनको लक्ष्य पाएको थियो ।

अहिले क्रिजमा झासँगै भीम सार्की छन् । उनले ६५ बलमा ३० रन बनाएका छन् । जवाफी ब्याटिङ गरिरहेको नेपालले अहिले २७ दशमलव ५ बलमा तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ११ : ३७ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।