Logo

खेलकुद

सोविता गौतमले प्रधानमन्त्रीलाई भनिन्– ‘मुलपानी क्रिकेट स्टेडियम द्रुत गतिमा बनाउन पर्‍याे’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)की सांसद सोविता गौतमले मुलपानी क्रिकेट मैदानको स्तरोन्नतीका लागि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन् । यूएईलाई हराउँदै एशिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै उनले भौतिक पूर्वधारमा ध्यान दिइनुपर्नेमा जोड दिएकी हुन् ।

सांसद गौतमले क्रिकेटको विकासका निम्ति हरसम्भव आफूले प्रयास गरीरहने पनि सामाजिक संजालमा उल्लेख गरेकी छन् । ‘हर्षले भावविह्वल भएकोछु । एसीसी प्रिमियर कप क्रिकेटको विजेता भएसँगै एशिया कप खेल्ने अवसर प्राप्त भएको छ। हार्दिक बधाई। हामी सबैलाई बधाई’, उनले लेखेकी छन्, ‘क्रिकेटको विकासको निम्ति हरसम्भव प्रयास गरीरहनेछु । मूलपानी क्रिकेट स्टेडियम द्रुत गतीमा बनाउन पर्यो । सम्माननीय प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसअघि आईसीसी लिग–टू अन्तर्गत नेपालले यूएईलाई हराएको खेलमा पनि दर्शकले व्यवस्थित क्रिकेट स्टेडियमको अभावमा रुखमा चढेर क्रिकेट हेरेका थिए । त्यसबेला पनि सांसद गौतमले आफ्नै निर्वाचत क्षेत्रमा पर्ने मुलपानी क्रिकेट मैदानको निर्माण कार्यलाई छिटो पूर्णता दिन आग्रह प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  १२ : ५३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।