Logo

खेलकुद

दर्शकले आज पनि सफा गरे त्रिवि क्रिकेट रंगशाला (तस्बिरहरु)



काठमाडौं । एसीसी प्रिमियर कपको पुरुषतर्फको क्रिकेट खेलको उपाधि नेपालले जितेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई सात विकेटले हराउँदै उपाधि जितेको हो । खेल मैदान अन्तर्राष्ट्रिय स्टाण्डर्डको नभए पनि दर्शकहरुको घुइँचो भने थेगिनसक्नु थियो ।

हिजो सकिने क्रिकेटको खेल वर्षाका कारण आज पनि भएको हो । हिजो वर्षाका कारण खेल रोकिएको थियो भने त्यही खेल आज निरन्तर भएको हो । हिजोको खेलमा दर्शकहरुले छाता ओडेर रंगशालामा धैर्यताका साथ खेल कुरेका थिए । निरन्तर वर्षा भएपछि खेल कुरिरहेका दर्शकहरुले अन्तिममा रंगशाला भित्रको फोहोर सफा गरेका थिए ।

आज नेपालले एसीसी पुरुषतर्फको उपाधि जितेको छ । उपाधि जितेसँगै दर्शकहरुले आज पनि त्रिवि क्रिकेट मैदानको फोहोर सफा गरेका थिए ।

  • याे पनि…

नेपाल एशिया कपमा छनोट

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ३ : ३२ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।