Logo

खेलकुद

एशिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन आजैदेखि पहल थालियोस् : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एसिया कप क्रिकेट नेपालमा आयोजना गराउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । भारत र पाकिस्तानबीचको राजनीतिक खिचातानीका कारण एशिया कप कहाँ आयोजना हुने भन्ने अनिश्चित भइरहे बेला नेपालमा आयोजनाका लागि पहल गर्न रास्वपा सभापति रवि लामिछानेले सरकारलाई आग्रह गरेका हुन् ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाएपछि बधाई दिँदै रविले भारत भ्रमणका क्रममा यो एजेन्डा सामेल गर्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई !! खेलाडिहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ । अबको जिम्मेवारी नेपाल सरकारको । हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौं।’, रविले भनेका छन्, ‘ एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आइसिसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ ।’

पाकिस्तानमा हुने भनिएको यो प्रतियोगिता खेल्न जान भारतले मानिरहेको छैन । यही कारण प्रतियोगिता अनिश्चित बनेको छ ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ३ : ०० बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।