Logo

सुरक्षा / अपराध

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ 



काठमाडौं, ५ कात्तिक । कपिलवस्तु, कृष्णनगर नगरपालिका(२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम ९पश्चिम० वाफिकोट गाउँपालिका(८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सिमामा प्रहरीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनको झोलाबाट उक्त वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

 यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका(१ कुकुरभुकुवाबाट नियन्त्रित लागूऔषध २ सय २५ ट्याबलेट नाइट्राजेपाम र ३ सय ट्याब्लेट ट्रामाडोल हाईड्रोक्लोराईड सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका(३ बस्ने २१ वर्षीय विजय बानिया र सोही उपमहानगरपालिका(१४ बस्ने २१ वर्षीय आकाश गुप्ता रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

 मकवानपुर, हेटौडा उपमहानगरपालिका(१५ चुरियामाईस्थित सडकबाट नियन्त्रित लागूऔषध २ सय ७५ पिस नाईट्रोभेट र  १० बोतल उइनसिरेक्स सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका(११ थाना भर्यासङ बस्ने ४० वर्षीय सिताराम लामिछाने र सोही उपमहानगरपालिका(१९ बसामाडी बस्ने ३९ वर्षीय दिनेश भण्डारी रहेका छन् ।  वीरगजंबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना।२५ प ६९५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक लामिछाने र मोटरसाइकलमा सवार भण्डारीलाई पक्राउ गरेको हो । 

 यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१७ हटिया बस्ने २७ वर्षीय दिपेस भुजेल, सोही उपमहानगरपालिका(१० राप्तीरोड बस्ने २६ वर्षीय एलिस श्रेष्ठ र  सोही उपमहानगरइपालिका(६ गौरिटार बस्ने २३ वर्षीया नम्रता चौलागाई रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले भुजेलको साथबाट  नियन्त्रित लागूऔषध ९५ पिस नाइट्रोभेट, श्रेष्ठको साथबाट १३ एम्पुल डाइजेपाम, १६ एम्पुल फनारागन, १५ एम्पुल नुर्फिन र चौलागाईको साथबाट ७५ पिस नाइट्राभेट फेला पारेको हो । 

 सर्लाही, लालबन्दी नगरपालिका(१ बागवानीबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा र धारिलो हतियार तलवार सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका(२ डाबरी बस्ने २० वर्षीय श्रवन महतो र सोही ठाउँ बस्ने १९ वर्षीय बद्री महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले डाबरीबाट बागवानी जंगलको बाटो हुँदै आउँदै गरेको प्रदेश २(०(३ ००१ प ८०६३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा झोलामा पोका पारी राखेको अवस्थामा उक्त गाँजा र हतियार सहित फेला पारी मोटरसाइकल चालक श्रवन र बद्रीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार