Logo

खेलकुद

मेसी दुई साताका लागि निलम्बित



काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।

अर्जेन्टिनाका कप्तान मेसीलाई क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरिएको हो ।

निलम्बन अवधिमा मेसीले पिएसजीसँग प्रशिक्षण समेत गर्नेछैनन् । पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । यसअघि स्पेनिस क्लब बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले गत मार्चमा क्लबमा फर्कने विषयमा आफ्ना पूर्व फरवार्ड मेसी सम्पर्कमा रहेको दाबी गरेका थिए ।

निलम्बनसँगै मेसीले अब लिग वानका दुई खेल गुमाउनेछन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १२:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।