काठमाडौं । किराँत समुदायका संस्थाहरूले यस पटकको किराँत चाड साकेला (उभौली) आन्दोलनको रूपमा सडकमा मनाएका छन् ।
आज (शुक्रबार) आन्दोलनका रूपमा नयाँ बानेश्वरमा उभौली साकेला, यक्वा, तङ्नाम, श्याँदर पिदर, युच्याङचासुवा, भुम्या, भुमेलगायत किराँत चाड मनाइएको छ । किराँतीहरूको महान चाड उभौली, यक्वा तङनाम, श्याँदर पिदार, भुमे सामा, भुम्या, तोशीलगायतका चाडहरूमा नाचिने साकेला सिली, च्याब्रुङलगायतका नाच काठमाडौंमा नयाँ वानेश्वरदेखि माइतिघरमण्डलाको सडकमा मनाइएको हो।
कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरूको माग छ। गत चैत ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। आज पर्वकाे दिन उहाँलगायतकाे सम्झनासमेत गरिएकाे र पहिचानकाे माग समेत उठाइएकाे छ । किराँत चाड साकेलामा काेशी नाम खारेजलगायतकाे ब्याजसमेत लगाएका किराँत समुदायका नागरिकहरु सडकमा उभिएर पर्वमा नामाकरणकाे बिद्राेह समेत गरेका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङलाई चैत २४ को मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको थियो।


























प्रतिक्रिया