काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले माफी मागेका छन् । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको विषयलाई लिएर पीएसजीले मेस्सीलाई दुई हप्ताका लागि निलम्बन गरेको छ ।
त्यसपछि मेस्सीले माफी मागेका हुन् । ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबको निर्णय पर्खिरहेको छु’, मेस्सीले एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिन।’
३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताइएको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।
प्रतिक्रिया