Logo

खेलकुद

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाकाे सुनुवाइ स्थगित भएको छ ।

जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि मुद्दाको पेशी आइतबार स्थगित गरिएको हो ।

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । 

तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । यसप्रति सन्दीपका वकिलले असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  १ : ४० बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।