Logo

खेलकुद

साउदी क्लब जाँदै मेस्सी, पारिश्रमिक वार्षिक ६५ करोड ८८ लाख डलर !



एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी साउदी अरबको ‘अल हिलाल’ क्लबमा आवद्ध हुने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीका अनुसार अल हिलालसँग वार्षिक ६५ करोड ८८ लाख डलर पारिश्रमिक पाउनेगरी मेस्सकिो मौखिक सहमति भइसकेको छ ।

३५ वर्षीय मेस्सीले फ्रेन्च क्लव पेरिस सेन्ट–जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल–नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा तीन गुणाभन्दा बढी हो ।

अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् । पीएसजीसँग मेस्सीको सम्झौता यही ३० जुनसम्म छ ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  ५ : ४५ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।