Logo

खेलकुद

चेन्नई प्लेअफ नजिक, दिल्लीको सम्भावना समाप्त



इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । यससँगै चेन्नाईको प्लेअफ सम्भावना बलियो भएको छ ।

चेन्नईले जितका लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो ।

उसका रिली रोसोले सर्वाधिक ३५ रन जोडे । मनिष पान्डे २७ र अक्षर पटेल २१ रनमा आउट भए ।

दिल्लीका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका शिवम दुवेले २५, रितुराज गायक्वाडले २४, अम्बाती राइडुले २३, अजिङ्क्या रहाणे र रविन्द्र जडेजाले समान २१ तथा कप्तान महेन्द्र सिंह धोनीले २० रन जोडे ।

दिल्लीका मिचेल मार्सले ३ तथा अक्षर पटेलले २ विकेट लिए । जितसँगै १२ खेलमा १५ अङ्क जोडेको चेन्नई अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

दिल्ली ११ खेलमा ८ अङ्कका साथ अन्तिम स्थानमा छ र उसको प्लेअफ सम्भावना लगभग समाप्त भइसकेको छ ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ९ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।