Logo

बैंकिंग

चालु खाता साढे २२ अर्ब भन्दा बढी बचत, वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि



देशको चालुखाता २६ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता  २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको हो । 

 पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति  ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार