Logo

प्रमुख समाचार

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउनेलगायत यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



काठमाडौं । सरकारले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरिएको पनि उनले जानकारी दिइन् ।

मन्त्रिरपरिषद्ले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा पनि गरेको छ ।  यस्तै एसिया प्यासिफिक ग्रुप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गरेको छ ।

बुटवल–लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकममा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान,  कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साविक पिपरा विर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परसुरामपुर र नजरियालाई नापि कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय गरेको छ ।

यसैगरी बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने, जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिलन भवन बनाउन १८३.८ रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने, जेठ ७ देखि १६ गते सम्म जेनेभामा आयोजना हुने ७६औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागि हुन स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबस्नेत र अत्तिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने निर्णय भएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा. श्रीराम रामकृष्ण सिंगापुर, प्रा संगीता सिंह काठमाडौं, प्रा. पुष्करमान बज्राचार्य काठमाडौं, प्रा सुजान कौटियर क्यानडा, प्रा. नाम त्योस्यो, अमेरिका, प्रा. सुदरर्शनराज तिवारी काठमाडौं, पदम ज्योति काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुइत, काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुर मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार २१:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।