काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।
नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् । कुबेतले पहिलोपटक साफ खेल्न लागेको छ । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।
प्रतिक्रिया