काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको पाइएपछि प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका पूर्व सभासद आङटावा शेर्पाविरुद्ध पाँच जना पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने संघारमा थप पाँचजना पीडितहरुले प्रहरीमा जाहेरी दिएका हुन् ।
दोलखाबाट आएका पीतहरुले पूवसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६÷६ लाख लिएको पीडितहरुको दाबी छ ।
प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलाई पनि समावेश गरेको छ । आङटावाविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।




















प्रतिक्रिया