Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : पूर्व सभासद आङटावाविरुद्ध थप ५ पीडितले दिए किटानी जाहेरी



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको पाइएपछि प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका पूर्व सभासद आङटावा शेर्पाविरुद्ध पाँच जना पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने संघारमा थप पाँचजना पीडितहरुले प्रहरीमा जाहेरी दिएका हुन् ।

दोलखाबाट आएका पीतहरुले पूवसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६÷६ लाख लिएको पीडितहरुको दाबी छ ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलाई पनि समावेश गरेको छ । आङटावाविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार २१:४०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।