Logo

राजनीति

रुपान्तरणका नाममा कांग्रेसमा देखिएका ‘बदनाम’ अनुहारहरु !



काठमाडौं । नेपाली कांग्रेसका केही युवा भनिएका तर ५० काटिसकेका नेताहरु अहिले पार्टी रुपान्त्रण गर्ने भन्दै भेला हुन थालेका छन् । तर भेलामा देखिएका अनुहारहरुले रुपान्तरण शब्दकै अपमान गरेको देखिएको टिप्पणी हुन थालेकाे छ ।

उक्त रुपान्तरण भनिएको अभियानको नेतृत्व खासमा भन्नुपर्दा जनताबाट तिरस्कृत पात्रहरुले गरेका छन् । प्रदेश  १ बाट पार्टीको महाधिवेशनमा प्रदेश सभापतिमा हार बेहोरेका र गत मंसिरमा भएको निर्वाचनमा प्रदेशसभामा समेत हारेका गुरु घिमिरे अहिले रुपान्त्रणको नामका घोक्रो सुकाई-सुकाई भाषण गर्न थालेका छन् । उनी पटक पटक जनताबाट तिरस्कृत भएर जनआधार गुमाएका व्यक्ति हुन्।

त्यस्तै बागमती प्रदेश सभापतिमा लज्जास्पद हार बेहोरोका जगदिशनरसिंह केसी रुपान्त्रण अभियानका अर्का पात्र हुन् । उनी पनि जनतिरस्कृति व्यक्ति हुन् । पार्टीमा अधिक अवसर पाउनेमा नुवाकोटका केसी परिवार अग्रस्थानमा छन् । आफ्नै दाजु अजुर्ननरसिंह केसी पटक पटक मन्त्री र सांसद भएका छन् । जगदिश आफै पटक पटक सांसद भएका छन् । ज्वाई गगन थापा त झनै हुने नै भए । त्यसका साथै दाई डा. केदारनरसिंह केसी पनि कांग्रेसबाट पटक पटक लाभको पदमा बसेका व्यक्ति हुन् । आफू पदमा हुदा सिन्को नभाँच्नेले र भर्खरै सम्पन्न चुनावमा तिस्कृति भएका व्यक्तिहरु नै कांग्रेस रुपान्त्रण भन्दै हिँड्दा रुपान्त्रण शब्दकै अपमान भएकाे टिप्पणी हन थालेकाे हाे ।

त्यस्तै यो अभियानमा जोडिएका अर्को व्यक्ति हुन् भुपेन्द्रजंग शाही । उनी पदीय मर्यादा विपरीत गतिविधि गरे बापत नेपाल तरुण दलको महासचिवबाट यसअघि मदच्युत भएका व्यक्ति हुन् । पटक पटक प्रतिनिधिसभा सदस्यका लागि कालिकोटबाट चुनाव लडेपनि उनले कहिल्यै जित्न सकेका छैनन् । यो अभियानमा जोडिएर रोटी सेकाउन अघि बढेका अर्का पात्र रञ्जित कर्ण हुन् । उनी मधेसमा नैतिक रुपमै बदनामा पात्र हन् । नेविसंघको अध्यक्ष हुदा मन्टेश्वरी स्कुलहरुमा समेत चन्दा माग्न जाने गरेको भन्दै आर्थिक मामलामा कर्ण निकै बदनाम छन्।

कांग्रेस रुपान्त्ररण भन्दै उनीहररु अघि बढेपछि कांग्रेसको आकर्षण होइन, झनै विकर्षण हुने बताइन्छ । हो, कांग्रेसमा जनतासँग जोडिनेगरी अभियानको चलाउनुपर्ने आवश्यक छ । पार्टीको सांगठनिक सुधार गर्ने, जनतासँग पार्टीलाई जोड्ने, नयाँ परिस्थितिसँगै पार्टीका नीति र कार्यक्रमहरुमा सुधार ल्याउने जिम्मेवारी विधानत महामन्त्रीहरुको हो । तर महामन्त्रीहरु आफ्नो पदिय दायित्वमा एक इन्च पनि काम नगर्ने तर नेतृत्वलाई कसरी कमजोर बनाउन सकिन्छ र आफुहरु लोप्रिय भइन्छ भन्ने मनोविज्ञान अनुसार अघि बढ्दा अहिले पार्टीमा रुपान्त्रणका नाममा जनअस्विकृत पात्रहरु सलबलाउन थालेका हुन्।

गत चुनावमा कांग्रेसको मत घट्नुको कारण खोतल्ने जिम्मेवारी महान्त्रीहरुको हो । पार्टीलाई युवा पुस्तासँग जोड्नेदेखि नयाँ पार्टीको उदयले सृजना गर्न सक्ने चुनौतीका विषयमा महामन्त्रीहरुले अभियान वा प्रशिक्षण चलाउनुपर्ने हो । तर महामन्त्रीहरुको कार्यशैली अहिले पनि नेविसंघको महामन्त्रीको जस्तो हुदा पार्टीमा समस्या देखिएको हो । समस्याको जरो महामन्त्रीहरुमा छ, जहाँ समस्या छ, त्यहीबाट समाधान खोज्ने हो भने कांग्रेसलाई मौसमी पार्टीहरुले कहिल्यै चुनौती दिन सक्दैनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार २१:४९   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।