काठमाडौं । ड्युटीमा खटिएका बेला चरित्रहत्या गरिएकाे भन्दै नर्सहरु आन्दोलित भएका छन् । चितवन बीपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा गत वैशाख २८ गते भएको नर्स र बिरामी कुरुवाबीचको संवादलाई बिना अनुमति सामाजिक संजालमा अपलोड गरेर आफूहरुकाे पेसागत मर्यादामा आँच पुर्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
नर्सहरु हिजो (साेमबार)देखि काठमाडौंको माइतीघरमा प्रदर्शमा उत्रिएका हुन् । पेसाले शिक्षिका समेत रहेकी गिभिना मगरको टिकटक आईडीबाट अस्पतालमा ड्युटीमा रहेका नर्सको भिडिओ खिची सार्वजनिक गरिएको थियो ।
घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न भन्दै प्रर्दहशनमा उत्रिएका नर्सहरुले सामाजिक संजालको दुरुपयोग गर्न पाईदैन, श्रम शोषण बन्द गर, काम धेरै तलब थोरै न्यया खै, नर्सहरुको जिवन सुरक्षित गर जस्ता नारा लेखिको प्लेकार्ड देखाउँदै विराेध गरेका छन् ।
ड्युटीमा खटिएका नर्सहरूलाई तुच्छ व्यवहार र नर्सिङ पेशाप्रति आँच पुर्याउने गरि बिरामी कुरुवाले व्यवहार गरेको भन्दै नर्सिङ संघले समेत भर्त्सना गरेको छ ।
तस्बिरहरु हेर्नुहाेस्
प्रतिक्रिया