Logo

खेलकुद

नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलकाे सेमिफाइनलमा



काठमाडौं । नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले बंगलादेशलाई २५-१०, २५-८ र २५-९ ले हराएको हो । जितसँगै समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूहचरणबाट बाहिरिएका छन् ।

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रतियोगिता अन्तर्गत नै मंगलबार भारत र काजकिस्तानले जित निकालेका छन् । मंगलबारको पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । दोस्रो खेलमा किर्गिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  ५ : ०१ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।