Logo

खेलकुद

गुजरातलाई हराउदै चेन्नाई फाइनलमा



साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ ।

चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ४२ रन बनाए । राशिद खानले ३० रन जोडे । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका रविन्द्र जडेजा, दीपक चाहर, महेश थिक्सेना, मथिशा पाथिरानाले समान २/२ विकेट लिए भने तुषार देशपान्डेले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

चेन्नईका ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । त्यस्तै डेभन कन्वेले ४० रन जोडे । कप्तान महेन्द्रसिंह धोनी १ रनमा आउट भएका थिए ।

गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २/२ विकेट लिए । त्यस्तै नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १/१ विकेट लिए ।

पराजित गुजरातले फाइनल प्रवेशका लागि आज हुने मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीचको एलिमिनेटर खेलको विजेतासँग शुक्रवार खेल्नेछ ।

शुक्रवार दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  ७ : ५० बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।