Logo

बाघको आक्रमणबाट मृत्यु



बर्दिया, मधुवन नगरपालिका-३ भगरैया गाउँ बस्ने २६ वर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट बुधबार मृत्यु भएको छ । सोही ठाउँस्थित नेपाल-भारत सीमा नजिक घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी कोठियाबाट प्रहरी टोली खटी गएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार