Logo

राजनीति

काठमाडौंका मेयर बालेन साह पनि लागे भारततिरै



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भारत भ्रमणमा गएका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर साह बिहीबार भारत गएका हुन् ।

भारत जानुका कारणबारे भने उनले खुलाएका छैनन् । कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारतकाे राजकीय भ्रमणमा छन् । साेही समयमा मेयर साह पनि भारततिर लागेका हुन् । उनी पत्नी सविना काफ्लेको उपचारका लागि बैंगलोर गएका बताइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार २१:५३   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।