Logo

अर्थ

माइतीघर मण्डलामा सेयर लगानीकर्ताको विरोध (फोटोफिचर)



काठमाडौं । सेयर लगानीकर्ताहरुले बजेटमा भएको कर वृद्धिको विरोध गरेका छन् । सरकारले ल्याएको बजेटमा लगानीकर्ताहरुलाई ५०० प्रतिशतसम्म कर वृद्धि भएको भन्दै लगानीकर्ताहरु सडकमा उत्रिएका हुन् ।

उनीहरुले लगानीकर्ताहरुलाई असर पर्ने गरि बृद्धि गरिएको कर अविलम्ब घटाउन माग गरेका छन् । प्रर्दशनमा उत्रिएका लगानीकर्ताहरुले लगानीमैत्री कर निर्धारण गर्, लगानीकर्ता माथि जालझेल बन्द गर्, पूँजिबजारमा ३९ प्रतिशत कर मान्दैनौ जस्ता नारा लेखिएको प्लेकार्डहरु देखाउँदै विरोध गरेका छन् ।

आन्दोलनरत लगानीकर्ताहरुको अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि तोकिएको साढे ७ प्रतिशत र ५ प्रतिशत कर नै अन्तिम कर हुनुपर्ने माग गरेका छन् । लगानीकर्ताले बिहीबारदेखि धितोपत्र बोर्ड, नेप्से तथा ब्रोकर एशोशियसनमामा ज्ञापन पत्र बुझाउँदै आन्दोलन सुरु गरेका थिए ।

तस्वीरहरु :

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १४:३८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।