काठमाडौं । एमाले समर्थित नेपाल किसान महासंघले काठमाडौंको बिजुली बजारमा मसाल जुलुस निकालेको छ । महासंघले सरकारले रेशम चौधरीलाई रिहाइ गरेको, नागरिकता विद्येयक पारित गरेको भन्दै सरकारको बिरोध गरेको छ । त्यस्तै भारतले नेपालमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । उसले भारतीय विस्तारवाद भएको भन्दै कडा शब्दमा विरोध जनाएको हो ।
शुक्रबार साँझ भएको विरोध मसाल जुलुसमा भारतले नयाँ संसद भवनमा नेपालको भूभागसमेत रहेको नक्सा राखेको भन्दै कडा विरोध जनाएको छ । त्यस्तै सरकारले भारत भ्रमणकै दिन नागरिकता विद्येयक जारी गरेको भन्दै सरकारप्रति पनि उनीहरुले विरोध जनाएका छन् ।
तस्वीरहरु :
















प्रतिक्रिया