काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको जनवर्गीय संगठन युवा संघले नागरिकता विधयेकविरुद्ध प्रदर्शन गरेको छ । एमालेनिकट युवा, विद्यार्थी, महिला संगठनले माइतीघरबाट शुरु गरेको जुलुसले पछिल्ला सार्वजनिक महत्व र समसामयिक विषयमा सरकार विरुद्ध नाराबाजी गरेको हो । ‘लिपुलेक हाम्रो हो बेच्न पाईदैन’,’भैंसीसँग नागरिकता साट्न पाईँदैन’, ‘हत्यारालाई आम माफी दिने सरकार चाहिँदैन ‘जस्ता नारा घन्काइएको थियो । प्रदर्शनका कारण केही समय बानेश्वर माइतिघरको सडक अवरुद्ध भएको थियो ।
प्रदर्शनकारीले भारतसँग भूमि साटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, नागरिकता विधेयक, रेशम चौधरीलाई आममाफीको निर्णय, सांसद विकास कोष ब्यूँताइएको जस्ता विषयमा खबरदारी गरेका छन् ।

तस्वीर : तेज किराँती
















प्रतिक्रिया