काठमाडौं । सिर्सिया नदीलाई प्रदूषण मुक्त र अतिक्रमणबाट जोगाउन माग गर्दै धर्नामा बसेकाहरुलाई भेट्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माइतीघर मण्डलामा पुगेका छन् । नदीको पानी बोटलमा बोकेर काठमाडौं आएका अभियन्ताहरुले माइतीघरमा धर्ना दिँदै आएका थिए ।
बुधबार धर्नास्थलमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले अभियन्ताहरूलाई भेटने क्रममा सरकारले माग पूरा गर्ने बताएका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा सिर्सिया नदीलाई प्रदूषण मुक्त र अतिक्रमण मुक्त गराउन भन्दै वीरगञ्जदेखि पैदल यात्रा गरेर अभियानकर्ताहरू काठमाडौं आइपुगेका थिए ।
चुरे दोहन र अनियन्त्रित तवरले हुने वन विनासलगायत अमानवीय काम जस्तै अवैध गिटी, बालुवा, ढुंगा र वन पैदावारको चोरी निकासी आदि तत्काल रोक माग गर्दै केहि दिनयता धर्नामा बसिरहेका अभियानकर्ताहरूलाई भेट्न पुगेका उपप्रधानमन्त्री श्रेष्ठले अरु विभिन्न पिडित तथा अभियान्ताहरुलाई समेत भेटेर समस्या सुनेका थिए ।
हेर्नुहाेस् तस्बिरहरु :
















प्रतिक्रिया