Logo

अर्थ

माइतीघरमा सहकारी पीडित बचतकर्ताको अर्धनग्न प्रदर्शन (फोटोफिचर)



काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले एक हप्ता अघि सुरु गरेको विरोध तथा धर्ना कार्यक्रम जारी राखेको छ ।

आफूहरुको मागहरु सम्बोधन नभएसम्म सडक संघर्ष गर्ने बताएको महासघंले आज माइतीघर देखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेको छ ।विभिन्न सहकारीका पीडित बचतकर्ताहरु करिब ३०० जना उपस्थित र्‍यालीमा पीडितहरुले विभ्रिन्न प्लेकार्ड देखाउनुका साथै अर्धनग्न भएर विरोध जनाएका थिए ।

दश भन्दा बढी सहकारीका बचतकर्ता पीडितहरु विभिन्न मागहरु राख्दै माइतीघरमा विरोध तथा धर्नामा उत्रिएका छन् । बचतकर्ताहरुले आफ्नो बचत ब्याजसहित फिर्ता हुनुपर्ने, ठग्ने सहकारी संचालक समिति र परिवार तथा कर्मचारी ,नातागोता लगायतको सम्पत्ति रोक्का हुनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम दिने व्यवस्था गरिनुपर्ने र सहकारीलाई राष्ट्र बैंकको निगरानीमा राखिनुपर्ने लगायतका माग गर्दै विरोध तथा धर्ना कार्यक्रम गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १५:५२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।