Logo

विविध

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू



किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट बच्न सकिन्छ। किसमिसको सेवनले मुटु सम्बन्धी रोग लाग्न बाट बचाइ आँखा तेजिलो बनाउँछ । काठमाडौँ-किसमिसलाई धेरैजसो बालबालिकाले मन पराउँछन् ।

किसमिस प्रायः सबै मौसममा पाइन्छ। यो धेरै जसो मिठाइहरूमा प्रयोग गरिन्छ । किसमिसमा उच्च मात्रामा आइरनका साथै भिटामिन, खनिज र प्रोटिन पाइन्छ । साथै क्याल्सियम, फलाम, पोटेसियम, फाइबर, म्याग्नेसियम, भिटामिन बीलगायतका तत्वहरू पनि यसमा पाइन्छ । त्यसैले किसमिसलाई स्वास्थ्यको हिसाबले निकै फाइदाजनक मानिन्छ ।

त्यस्तै गर्भावस्थामा सुख्खा फलका रुपमा किसमिस खाने गर्नाले शरीरमा फलामको कमी हुँदैन। त्यसकारण आमा र गर्भमा बढेको बच्चाका लागि किसमिसमा रहेका पोषक तत्वहरू धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । बेलुका एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी जति धोएर सफा बनाएको किसमिस हालेर रातभरि छोडिदिने र बिहान त्यो पानीलाई मनतातो बनाएर खाली पेटमा खान सकिन्छ ।

किसमिसलाई मज्जाले चपाएर खाँदा अधिक लाभ मिल्ने चिकित्सकहरूको भनाइ छ ।

यस्ता छन् किसमिसका फाइदाहरू

-किसमिसको सेवनले कलेजोको समस्याबाट मुक्ति पाइन्छ ।

-किसमिस खानाले मांसपेशीहरू बलियो हुन्छन् ।

-गर्भावस्थामा किसमिस खाँदा लाभ मिल्छ ।

-किसमिसमा बोरोन नामक माइक्रोन्यूट्रिएंट्स पाइन्छ यसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

-किसमिसको सेवनले एनीमियाको समस्याबाट बचाउँछ ।

-किसमिसमा पाइने एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइडले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।

-किसमिसलाई दूधमा मिसाएर खाँदा वजन बढाउन सकिन्छ ।

-किसमिसमा हुने आइरन, पोटासियम, क्याल्सियमले शारीरिक र मानसिक शक्ति प्राप्त गर्न सहयोग पुर्याउछ ।

-किसमिसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । त्यसैले नियमित रूपमा यसको सेवन गर्दा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

-किसमिसको सेवनले मुटुसम्बन्धी रोग लाग्न बाट बचाउँछ ।

-दैनिक रूपमा केही किसमिसका दानालाई थोरै पानी हालेर मजाले पकाएर त्यो पानीको सेवन गर्नाले पाचन शक्ति बढाउँछ ।

-किसमिसमा आइरनको मात्रा प्रचुर हुन्छ। त्यसैले किसमिस र यसको पानी खाँदा शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट बच्न सकिन्छ ।

-किसमिसमा पाइने एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइडले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।

-किसमिसमा भएको एन्टिब्याक्टेरियल गुणले मुखको दुर्गन्धलाई हटाइ घाँटीको संक्रमण हुनबाट जोगाउँछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार २३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।