Logo

खेलकुद

इमर्जिङ टिम्स एसिया कपका लागि महिला राष्ट्रय क्रिकेट टाेली हङकङ प्रस्थान



काठमाडौं । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल हङकङ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो ।

क्यानले प्रतियोगिताका लागि शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो । प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ ।

थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १५:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।