काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१६ लामाचौरस्थित दीप हाउजिङमा रहेको एक सच्चाई केन्द्रले भ्रममा पारेर करोडौं ठगी गर्ने गरेको पाइएको छ । ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल’ नामक संस्थाले मान्छेलाई भ्रममा पारेर झुट, अन्धविश्वास र रुढीवादी प्रवृत्तिको उजार गर्दै करोडौं ठगी गर्दै आएको खुलेको हो ।
२०७१ सालमा स्थापना भई २०७४ मा जिल्ला प्रशासन कार्यालय मा दर्ता भएको यस संस्थाले इशाई धर्म प्रचारकको काम गर्छ । यसले धार्मिक विकृति विसंगति फैलाउनुका साथै विभिन्न रोगको उपचार गरिदिने आश्वास दिँदै गठी गर्ने गरेको पाइएको हो ।
पोखरामा मुख्य कार्यालय रहेपनि संस्थाको देशभर तीन सय ५० भन्दा बढी शाखा सञ्चालनमा रहेका र ती शाखाहरुबाट वार्षिक करोडौँ रकम संकलन हुने गरेको छ । शाखाबाट संकलित रकम पोखरास्थित केन्द्रीय कार्यालयमा पुग्ने गरेको भएपनि यो रकम के कामका लागि कहाँ कति खर्च हुन्छ कुनै हिसाब किताब छैन ।
यो संस्थाका अध्यक्ष प्रकाशदीप गैह्रेले संस्थाको नाममा आएको धनमाल, जग्गा जमिन, उपहारलगायतका सामग्रीहरु व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको तथ्य पनि बाहिर आएको छ । ६ वर्षअघि दर्ता भएपनि अहिलेसम्म यो सच्चाई केन्द्रले कुनै पनि वर्षमा साधारणसभा गरेको छैन ।
कतिसमम्म भने सच्चाई केन्द्रले अन्धविश्वास र रुढीवादी प्रवृत्तिको पछि लागेर मानिसको ज्यानैसमेत पनि लिएको तथ्या बाहिरिएको छ । गएको जेठ ३ गते दाङको बासगढी–३ महादेवाकी एक १६ वर्षीया किशोरीलाई सर्पले डसेको थियो । सच्चाई केन्द्रमा रहेकी धर्मगुरु भनिने एक महिला योगेन्द्र कुमारी घर्तीले सर्पले डसेको आफूले फुकेर निको पारिदिन्छु भन्दै ती किशोरीलाई अस्पताल लैजान अभिभावकलाई रोकेकी थिइन् । ती महिलाले निको पार्ने दाबी गरे पनि पछि ती किशोरीको मृत्यु भयो । धर्मगुरु भनिने महिलाले सर्पले डसेको बिरामीलाई अस्पताल लैजान रोकेको कारण ती किशोरीले अकालमा ज्यान गुमाउनु परेको किशोरीका परिवारको आरोप छ ।
धर्मगुरु भनिने ती महिलाले ‘परमेश्वरले बचाइदिनुहुन्छ’ भनेर अनेक प्रार्थना गर्न लगाएको पारिवारिक स्रोतको भनाइ छ । परिवारको अन्धविश्वास र धर्मगुरुको लापरवाहीका कारण समयमा उपचार हुन नपाउँदा युवतीको मृत्यु भएको पाइएको छ ।
सच्चाई केन्द्रले आममानिसमा भ्रम फैलाउँदै गठी गरेको भन्दै युवराज पौडेल ‘सफल’ नेतृत्वको नेपाल समाजवादी मोर्चाले यसअघि नै गृह मन्त्रालयमा उजुरी दर्ता गरेको छ ।
- याे पनि…




















प्रतिक्रिया