Logo

अर्थ

कामना सेवा विकास बैंकको नाफा १९ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १९.३७ प्रतिशत बढेको छ ।

विकास बैंकले चालु आर्थिक वर्षमा चैत मसान्तसम्म ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४९ करोड ३१ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ९.२ प्रतिशत बढेको छ । गत आवको ९ महिनामा यस्तो आम्दानी १ अर्ब ६६ करोड रहेकोमा अहिले १ अर्ब ८१ करोड रुपैयाँ छ ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ३२ पैसा छ । प्रतिसेयर वितरणयोग्य नाफा १४.४२ रुपैयाँ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १३:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।