Logo

खेलकुद

नेपाले यूएईलाई दियो २७७ रनको लक्ष्य



काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अघिको वार्मअप खेलमा युएईलाई २७७ रनको लक्ष्य दिएको छ । जिम्बाबेको हरारेमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेलेको थियो ।

अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका कारण हार बेहोरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ जिम्बावे यात्राको सुरुआत गर्न चाहन्छ ।

युएईले पनि विश्वकप छनोटलाई ध्यानमा राखेर वेस्ट इन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो । उक्त सिरिज युएईले ३–० ले गुमाएको थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १७:०७   :  बजे

525
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।