Logo

खेलकुद

युएईसँग हार्‍याे नेपाल



काठमाडौं । नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोटकाे वार्मअप खेलमा युएईसँग हारेकाे छ । हरारेमा मंगलबार भएको खेलमा युएई ३ विकेटले विजयी भएको हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको थियो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।

कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८/८ रनको योगदान गरे ।

नेपालले बिहीबार दोस्रो वार्मअप खेलमा ओमानसँग खेल्नेछ । आजै सम्पन्न अन्य अभ्यास खेलहरुमा आयरल्याण्डले अमेरिकालाई ५ विकेटले, वेस्टइन्डिजले स्कटल्याण्डलाई ९१ रनले तथा जिम्बाब्वेले ओमानलाई २८ रनले पराजित गर्यो।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार २१:५९   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।