काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा ओमानबाट २ ६८ रनको लक्ष्य पाएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरेको थियो । ओमानले ६ दशमलब २ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको थियो । पाँचौ विकेटका लागि कप्तान मकसुद र सोयब खानले १ सय १४ बलमा ९४ रनको साझेदारी गरे पछि ओमान खेलमा फर्किएको थियो । खानले ६८ बलमा ३८ रन बनाए ।
सातौं विकेटका लागि मकशुदले आयान खानसँग १ सय १५ रनको शतकीय साझेदारी गदैं टोलीलाई बलियो योगफल तर्फ पुर्याएका थिए । खानले ४६ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । आठौं विकेटका लागि खान र नसिम खुसिले २८ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।
सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए । नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट लिए ।
पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो भने ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो ।




















प्रतिक्रिया