Logo

धर्म / संस्कृति

तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै



 

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि धनतेरस मनाउँदै सुरु भएको छ। धनतेरसका अवसरमा आज नयाँ सुनचाँदी, गरगहना तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्परा छ।

पञ्चाङ्गअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको हो। उक्त तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।

तिहारअन्तर्गत शनिबार कागपूजा र धन्वन्तरी जयन्ती, आइतबार बिहान कुकुर पूजा तथा साँझ लक्ष्मीपूजा गरिनेछ। कात्तिक २५ गते भाइटीका परेको छ।

सामान्यतया पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ। मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने तथा धातुका नयाँ भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ खरिद गरी पूजा गर्ने विशेष परम्परा छ।

धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि आज सुनचाँदीका सिक्का बिक्री गर्नेछ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार ०७:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।