Logo

प्रमुख समाचार

धरानका मेयर हर्क साम्पाङले पनि लगाए ‘आदिपुरूष’ प्रदर्शनमा रोक



काठमाडौं । धरान उपमहानगरपालिकाले पनि विवादित भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको छ । उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमार्फत आदिपुरुषको प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला ’ जय देश !’ यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका छन् ।

आदिपुरुषमा समावेश जानकी भारतकी छोरी हुन् भन्ने शब्दावली नसच्चिएसम्म काठमााडौं र पोखरा महानगरपालिकाले चलचित्र हलमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाएका हुन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १२:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।