Logo

खेलकुद

सोमपालले विश्वकप छनोटमा समूह चरणका बाँकी खेल गुमाउने



काठमाडौं । नोपली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणका खेल गुमाउने भएका छन् । चोटका कारण उनले समूह चरणका बाँकी तीन खेल गुमाउने भएका हुन् ।

जिम्बाबे विरुद्धको पहिलो खेल खेलेका सोमपालको हातमा चोट लागेपछि दुई वटा टाँका लगाइएको र अब उनले एक हप्ता आराम गर्नुपर्ने भएपछि आज हुने अमेरिकाविरुद्धको खेल, वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउनेछन् ।

यदि नेपाली टिम सुपर सिक्समा पुगे सोमपाल त्यसपछिका खेलमा उपलब्ध हुनेछन् । विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो । आज नेपालले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १०:५२   :  बजे

612
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।