Logo

खेलकुद

आईसीसी विश्वकप छनोट: वेस्टइन्डिजसँग नेपाल पराजित



काठमाडाै‌ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाइरहेको नेपाल अन्तत: पराजित भएकाे छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित भएको छ । याे सँगै नेपालकाे सुपर सिक्स यात्राको सम्भावना कमजोर भएकाे छ । 

वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाएको  नेपाल ४९ दशमलब ४ ओभरमा २३८ रनमा समेटियो ।   नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए ।

यस्तै गुल्शन झाले ४२, कप्तान रोहित पौडेलले ३०, करण केसीले २८,आसिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३,कुशल भुर्तेलले ५,भीम सार्कीले २, कुशल मल्लले २,सन्दीप लामिछानेले १ रन बनाए ।

त्यसअघि जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा  टस हारेर ब्याटिङ  गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा  ७ विकेटको क्षतीमा ३३९  रन  बनायो ।

नेपालको यो दोस्रो हार हो ।  यसअघि जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।  यो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार २०:४९   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।