काठमाडौं । गायक प्रकाश सतुपमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।
रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए । बोतल उनको अनुहारमा लागेको थियो ।
घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोतल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।
बोतल प्रहार गर्ने युवकले पनि गायक प्रकाश सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’





















प्रतिक्रिया