Logo

मनोरञ्जन

संगीतकार जीवन ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको गीत ‘सीमा मायाको’ सार्वजनिक



काठमाडौं । संगीतकार तथा गायक जीवन ढुंगेलको गीत ‘सीमा मायाको’सार्वजनिक भएको छ । गीत जीवन ढुंगेल नामक युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा गायक ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको आवाज रहेको छ । गीतमा शब्द र संगीत पनि गायक ढुंगेलकै रहेको छ ।गीतको एरेन्ज सुबिन सेञ्चुरी र रवि सुनारले गरेका छन् भने भिडियोको एडिट आलोक वाग्लेले गरेका छन् ।गीतमा प्रेमिल जोडीको कथालाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतमा माया बसिसकेपछि छुट्न नपरोस् भन्ने भाव दर्शाइएकाे छ ।

गायक ढुंगेलले यसअघि नै थुप्रै म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । उनले चर्चित गायिका मेलिना राईदेखि प्रविशा अधिकारीसँग समेत सहकार्य गरिसकेका छन् ।

गायिका रोशा फुयाँल चर्चित रियालिटी शो सारेगमपकी फर्स्ट रनरअप हुन् । उनले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १८:३९   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।