Logo

खेलकुद

आइसीसी छनोट: दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई हरायाे



काठमाडाैं । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट अलराउण्डर प्रदर्शनमा आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको छ ।

जितका लागि पाएको  १८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २  ओभरमा  ७ विकेटको क्षतिमा पूरा गर्यो ।   नेपालको जितमा दीपेन्द्र र सन्दीपले महत्वपूर्ण योगदान दिए ।  एक समय १०६ रनमा ७ विकेट गुमाएर संकटमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले सम्हालेका थिए ।

यी दुबै ब्याटरले अर्धशतकीय ७९ रनको विजयी साझेदारी गरे । दीपेन्द्र ७९ र सन्दीप २३ रनमा  अविजित रहे ।  दीपेन्द्र प्लेयर अफ द म्याच भए ।  यस्तै  गुल्शन झा १२,कुशल भुर्तेल ३५, आरिफ शेख १, भीम सार्की १,कप्तान रोहित पौडेल ४,ज्ञानेन्द्र मल्ल १३ र अर्जुन साउँद १ रन बनाए ।

त्यसअघि हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा  टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा  १८१ रनमा अलआउट भयो ।  जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए ।  जितसँगै सुपर सिक्सबाट बाहिरिसकेको नेपालले  सातौं स्थानका लागि  टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

युएई भने नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार २१:२९   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।