Logo

खेलकुद

नरेनको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य



काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।

नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपापालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।

नरेनले ८९ बलको सामना गर्दै  ११२ रनमा अविजित रहे  । यस्तै निरज कुमार यादवले ४७ रनको योगदान गरे ।

मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिए । नेपालले सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै  फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : असार १९, २०८० मंगलबार  १० : २५ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।