Logo

अन्तर्राष्ट्रिय

बंगलादेशका कप्तान तमिम इकवालले लिए सन्यास



एजेन्सी । बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी हुँदा तमिमले सन्यासको घोषणा गरेका हुन् । बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो । हारको एक दिनपछि बिहीबार चट्टोग्राममा आयोजित पत्रकार सम्मेलनमा तमिम सन्यासको घोषणा गरे । पत्रकार सम्मेलनमा तमिम निकै भावुक देखिएका थिए ।

विश्वकप अघि नै उनले १६ वर्षीय अन्तर्राष्ट्रिय करियर टुङ्गयाउने निर्णय गरेका हुन् । ३४ वर्षीय तमिमले गत वर्ष यही समयमा टी-२० अन्तर्राष्ट्रियबाट सन्यास घोषणा गरेका थिए ।

उनको पछिल्लो टेष्ट क्रिकेट आयरल्याण्ड विरुद्ध अप्रिलमा खेलेका थिए । तमिमले सन् २००७ मा टिनएजर हुँदै जिम्बाव्वे विरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए ।

उनले २००७ को विश्वकपमा भारत विरुद्ध जित हात पार्दा अर्धशतक प्रहार गरेका थिए । तमिमले बंगलादेशका लागि ओडीआईमा सर्वाधिक ८ हजार ३१३ रन बनाएका छन् । जसमा उनले १४ शतक प्रहार गरेका थिए ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १४:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।