Logo

मनोरञ्जन

अभिनेता ताम्राकार मृत फेला



काठमाडौं । चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले घटनास्थलको मुचुल्का पछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको जानकारी दिए ।

प्रहरीले ताम्राकारको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

‘रानी’ चलचित्रबाट अभिनय सुरु गरेका ताम्राकारले ‘मेरी मामु’ ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १२:३२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।