काठमाडौ । बागमती प्रदेशमा ‘मोडन पेन्टाथलोन संघ’ गठन भएको छ । कमल प्रसाद ढकालको अध्यक्षतामा १३ सदस्यीय संघ गठन भएको हो ।
संघको उपाध्यक्षमा डिलकुमारी नेपाल, सदस्यहरु सुरेन्द्र सिटौला, कृष्णप्रसाद लामिछाने, मिलन खड्का, सुष्मा थापा, तिर्थराज गौतम, रिदेश लालसिंह, रविकिरण खड्कालगायत १३ जना चयन भएका छन् ।
मोडन पेन्टाथलोन संघका केन्द्रीय उपाध्यक्ष गोपाल न्युपाने, महासचिव ईन्दिरा निरौलाको रोबरमा उक्त बागमति प्रदेश कमिटि गठन भएको हो । नवनिर्वाचति समितिलाई अध्यक्ष श्रेष्ठले पद तथा गपनीयताको शपथ खुवाएका छन् ।
शपथपछि उनले नयाँ कार्य समितिलाई बधाई तथा कायकाल सफलताको शुभकामना समेत दिएका छन् ।




















प्रतिक्रिया