Logo

राजनीति

राजनीतिक अस्थिरता चाहनेले प्रधानमन्त्रीको राजीनामा मागे : महासचिव भुसाल



काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् । समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले आज आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताए ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण गरिएको भन्दै उनले मुलुकमा समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट विकास र जनताको समृद्धिका लागि वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताए ।  महासचिव भुसालले पार्टीको सङ्गठन सुदृढीकरण विशेष अभियान देशभर सञ्चालन भइरहेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाका कारण सङ्गठनलाई थप सशक्त र गतिशील बनाउनुपर्नेमा जोड दिए ।

मुलुकको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिँदै  उनले सबै वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताए । उनले देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा पार्टीका सबै जनवर्गीय सङ्गठनको उल्लेखनीय सहभागिता रहेको बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार २१:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।