एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनय क्षेत्रमा मात्रै नभई व्यवसायी क्षेत्रमा पनि संलग्न भएका व्यक्ति हुन । उनलाई एक सफल व्यवसायीको रुपमा पनि लिने गरिन्छ ।
बिइङ ह्युमनका अलवा उनले होटल व्यवसायमा लगानी गररहेका छन् । अब सलमान खान एक बिलासी होटलको मालिक बन्दैछन् । उनले बान्द्रास्थित कोर्टरोडमा १९ तलाको होटल बनाउने तयारी गरेका हुन । उनको होटल निर्माणका लागि अनुमति दिइसकिएको छ । एक एटारलेट नामको रेजिडेन्सन सोसाइटीको क्षतिग्रस्त भवन हटाएर सलमानले आफ्नो होटल बनाउन लागेका हुन ।
उनको होटलमा पहिलो तलामा एक क्याफे, दोस्रो तलामा रेष्टुराँ, तेस्रो तलामा जिम र स्वीमिङ पुल, चौथो लतामा सर्बिस फ्लोर, पाँचौ र छैटौं तलामा सभाहल रहने बताइएको छ । होटलका लागि बस्ने तथा सुत्ने कोठाहरु भने सातौंदेखि १९ औं तलासम्म हुने बताइएको छ । यो होटल अमीर खानको घरबाट दुई सय मिटरको दूरीमा निर्माण हुँदैछ ।





















प्रतिक्रिया