Logo

खेलकुद

आरिफ शेखले इमर्जिङ कप नखेल्ने



काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ कप एक दिवसीय क्रिकेटका लागि नेपाली टिममा परिवर्तन गरिएको छ ।

जिम्बाबेमा भएको आइसीसी विश्वकप छनोट खेलेर फर्किएकै दिन मुख्य प्रशिक्षक मोन्टी देशाईले १६ सदस्यी नेपाली टोलीको घोषणा गरेका थिए ।

पारिवारिक कारण आरिफ शेखले आगामी बिहीबारबाट सुरु हुने इमर्जिङ कपमा सहभागी नहुने भएका छन् । आरिफ नखेल्ने भएपछि उनको स्थानमा पवन सरार्फले मौका पाएका छन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

याे पनि…..

इमर्जिङ कप खेल्न जाने क्रिकेट टोलीको बिदाइ

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ११ : ४३ बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।